गण्डकीमा रेसिङ स्पोर्टस संघ गठन, सदस्य सचिव शर्माद्धारा फिसटेल रेस ट्रयाकको उद्घाटन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशमा मोटर स्पोर्टस खेलको विकास एवं प्रवद्र्धनका लागि नेपाल रेसिङ स्पोर्टस एसोसियसन (एन.आर.एस.ए) गठन भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता भएको उक्त संस्थाको अध्यक्षमा माइकल थापा हुनुहुन्छ ।
उक्त संस्थाले भिआर ४६ संगको सहकार्यमा पोखरामा यहि मंसिर ८ र ९ गते पोखरामा फिसटेल रेसको समेत आयोजना गर्ने भएको छ ।
संस्थाले जल, थल र आकाशका सबै प्रकारका मोटर स्पोर्टस सम्वन्धि खेलको विकास गर्ने हेतुले संस्था गठन गरि अघि बढेको अध्यक्ष थापाले बताउनुभयो ।

रेसिङ स्पोर्टसका खेल संग सम्वद्ध रहेका अध्यक्ष थापाले रेसिङ स्पोर्टस गण्डकी प्रदेश लगायत सबै प्रदेशमा सम्भावना भएको खेल भएकोले यसको विकासका लागि सुरुवात भएको उल्लेख गर्नुभयो ।
“हामी रेसिङ स्पोर्टस खेलको विकास र प्रवद्र्धन गर्दैै अगाडी बढ्ने लक्ष्य लिएका छौं”–उहाँले भन्नुभयो–“अव गण्डकी प्रदेशमा रेसिङ स्पोर्टस खेलले गति लिन्छ । गण्डकी प्रदेशलाई केन्द्रविन्दु बनाउँदै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्नेछौं ।”

नव गठित संस्था र पोखरा रंगशालामा सञ्चालन हुने फिसटेल रेस ट्रयाकको एक कार्यक्रमका विच प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।
बिहिबार पोखरा रंगशालामा आयोजित कार्यक्रमममा सदस्य सचिव शर्माले रेसिङ स्पोर्टस खेलको विकासले गण्डकी प्रदेशलाई खेल पर्यटनको रुपमा विश्वमा पहिचान बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो–“यो एउटा महत्वपूर्ण क्षण हो । हामीले नयाँ विषयमा पाइला चालेका छौं । रेसिङ स्पोर्टसको विकासका लागि परिषदले सक्दो सहयोग गर्ने छ ।”

सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, विभिन्न प्रदेशबाट आएका रेसिङ स्पोर्टस संग सम्वन्धित खेलाडी तथा निर्णायकहरुको सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला