मंसिर १६ गतेदेखि नेपालमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । यही मंसिर १६ गतेदेखि नेपालमा सुरु हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुने भएका छन् ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस)का अनुसार मंसिर २० गतेसम्म हुने पाँच दिने महोत्सवमा ३९ देशका कलाकारका तीन सय बढी कलाकृति समावेश हुने भएका छन् ।
कार्यक्रम काठमाण्डौं उपत्यका र आसपास जिल्लामा केन्द्रित हुनेछ ।

समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारबाट कलाकृति आउने क्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै धेरै देशबाट कलाकृति सहभागी भएर कला प्रदर्शनका साथै प्रदर्शन गर्न लागिएको कला क्षेत्रको नै ठूलो कार्यक्रम भएको बताउनुभयो ।
उहाँले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला समेत हुने जानकारी दिनुभयो ।

उद्घाटनको दिन मङ्सिर १६ गते नेपाल कला परिषद्मा विश्वभरबाट सहभागी भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट ‘लाइभ डेमोस्ट्रेसन’समेत हुने छ । गुरुङले त्यहाँ नेपाली कलाकारले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सकिने बताउनुभयो ।

महोत्सव अन्तरगत नगरकोटमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजनासमेत रहेको छ ।

कलाकारलाई सम्मान तथा पुरस्कार समेत हुनेछ । काठमाडौं दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलाई फोकस गरेरै कला सिर्जना हुने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालकाका संस्थापक सदस्य डिबी राईले बताउनुभयो ।

उहाँले धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले पर्यटन प्रवद्र्धनमा पनि ठुलो सहयोग पुग्ने बताउनुभयो ।
यसपालि भारत, बङ्गलादेश, अष्ट्रिया, भियतनाम, म्यान्मार, थाइल्याण्डलगायत देशबाट कलाकार प्रत्यक्ष सहभागी हुने जानकारी आइसकेको र अन्य देशका कलाकार पनि सहभागी हुँदैछन् ।

यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला