
पोखरा । गण्डकी प्रदेशकै जेठो विद्यालय संस्कृत माध्यमिक विद्यालय भिमकालीपाटन पोखरामा दशहजार लिटर क्षमताको खानेपानी ट्याङ्की सोमबार शिलान्यास गरिएको छ ।
ग्लोवल एक्सन अन्र्तगत Edin Burgh UK का विद्यार्थीहरुको सहयोग तथा लाइन्स क्लव अफ अञ्जुली र लाइन्स क्लब अफ अन्नपूर्णको समन्वयमा कुल दुई लाख लागतको उक्त ट्याङ्की निर्माणको पोखरा महानगरपालिका वडा नंं १ का कार्यवहाक वडाध्यक्ष जुमकाजी गुरुङ्गले विद्यालय प्राङ्गणमा शिलान्यास गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा वि.व्य.स सदस्य रोजी पराजुली, वि.व्य.स सदस्य ईश्वरी प्रसाद वाँस्तोला, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, लायन्स क्लव अफ अन्जुलीका कार्यवाहक अध्यक्ष साधना थापा, लायन्स क्लव अफ अन्नपूर्णका गणेश छवि, लायन्स क्लव अफ अन्जुलीका जोन चियर पर्सन सान्तोना पराजुली लगायतले मन्तव्य राखेका थिए ।