मंसिरमा पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने भएको छ । बैदाम तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रचिष्ठा) —२०८० नाम दिइएको छ ।
आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजा कार्यक्रममा धर्मगुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ ।

विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने जानकारी गराइएको छ । १०८ जना लामा गुरुबाट लगातार ८ औं दिनसम्म पूजा चलिरहनेछ ।
पूजामा संलग्न भई पाठ वाचन गदा मानव जाती र पृथ्वीको सबै प्राणीहरुको कल्याण हुने धार्मिक विश्वास रहेको नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्छेन लामाले बताउनुभयो ।
मंसिर २ गते शान्तिको दिप प्रज्वलन(कु राप्ने) बुद्ध प्रतिमाको प्राण प्रचिष्ठा ८ दिने बुद्ध वाचन त्रिपिटक (काग्युर पाठ)महायज्ञ विश्व शान्ति पूजाको व्यानर उद्घाटन सहित ताम्बाले डम्फु, टुङ्ना, गितले स्वागत गर्ने र लामा गुरुहरुबाट (बार्छे सिल्नोन) शान्तिको नृत्य, रिन्पोछे श्रद्धय धर्म गुरुबाट दिर्घायुको अभिषेकको साथ औपचारिक कार्यक्रम प्रारम्भ हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी गराउनुभयो ।

मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा हुनेछ । मंसिर ६ गते विश्व शान्ति रिवासाङ्ग, लामाछाम धर्मपाल गणचक्र पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेद्वारा हुने जनाइएको छ ।
मंसिर ७ र ८ गते सम्पूर्ण लामा गुरुहरु वाङ्लु रिन्पोछेद्वारा पूजा हुनेछ । मंसिर ९ गते भने उपस्थित भक्तजनहरुलाई ङिमा साङ्पो ज्यालसा रिन्पोछेद्वारा छेरिङ्ग वाङ आर्शिवाद प्राप्ती हुने आयोजकले जनाएको छ ।
बुद्ध वाचन, आर्य तारा (डोल्मा),तनागोसुम पूजा,गण चत्र (रिव साङ) पूजा,लामा छ्याम(लामा नृत्य),राप्ने (प्राण प्रचिष्ठा),वाङ(अभिषेक) लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

असोज महिनामा मनाइने तामाङ चाड म्हेनिङ्ग
असोज महिनामा तामाङ समुदायले म्हेनिङ्ग चाड मनाउँदै आएको नेपाल तामाङ्ग घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले जानकारी गराउनुभयो । उहाँका अनुसार उक्त चाड मनाउँदा प्रकृति पूजा र कुल वंश पूजा गर्ने प्रचलन छ ।
प्रत्येक ९ महिनामा उक्त चाड मनाइन्छ । संसारमा ज्ञानको सन्देश प्रवाह गर्नका लागि उक्त पूजा गरिने उनले बताए । यो प्रकृति, संसार र भूमीलाई सम्झिने पूजा भएको उहाँले उल्लेख गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला