सत्तारुढ दलको गठबन्धन भरतपुरमा : मिल्यो तालमेल

नगेन न्यूज
  • ख-
  • ख+

चितवन : सत्तारुढ दलबीचको बैठकले भरतपुर महानगरको नेतृत्व नेकपा माओवादी केन्द्रको भागमा पारेको छ । नेपाली कांग्रेस भरतपुरका नेता तथा कार्यकर्ताको तीव्र विरोधका बाबजुद पनि भरतपुर माओवादी केन्द्रको भागमा परेको हो । रुखमै मत हाल्ने भनेर बसेका नेपाली कांग्रेका कार्यकर्ता यसपटक पनि २०७४ सालको जस्तै भरतपुर महानगरको मेयरमा हसियाँहथौडामा भोट हाल्नुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

यतिबेला स्थानीय पालिका बाँडफाँडमा सत्तारुढ गठबन्धन तालमेलको प्रयासमा जुटिरहेका छन् । कांग्रेस कार्यकर्ताले यसपटक पनि भरतपुर महानगरको नेतृत्वमा रुखमा भोट हाल्न नपाउने स्थिति भएपछि उनीहरुका मन कुँडिएको छ । हुन त नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली कांग्रेस चितवनका कार्यकर्ताहरुलाई केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गरेका छन् । आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्न उनले भनेका छन्। तर, उनको निर्देशन अक्षरसः पालना हुने संकेत देखिएको छैन । नेपाली कांग्रेसका एक कार्यकर्ताका अनुसार तालमेल मिल्ने लक्षण देखिएको छ, तर मन नमिलेको बताए । ती कार्यकर्ताले भने, ‘हाम्रो मन कुँडिएको छ, मन फाँटेको छ, केले सिउने ? केले टाल्ने ? कोही सिलाउन र टाल्न आएका छैनन् ।’

जिल्ला, केन्द्र जहाँबाट निर्देशन आए पनि तलको कार्यकर्ताले मान्नैपर्ने बाध्यात्मक अवस्था नभएको ती कार्यकर्ता बताउँछन् । उनी भन्छन्, ‘जो जहाँ उठे पनि रुख चिन्हबाहेक अन्यत्र भोट जाँदैन ।’ नेपाली कांग्रेसका जिल्लाका एक नेताले कार्यकर्ताको मन मिल्न बाँकी रहेको बताए । उनले भने, ‘भरतपुर महानगरको नेतृत्व कांग्रेसले नपाउँदा केही असन्तुष्टि छ, कार्यकर्ताको मन कुँडिएको छ, मन मिलाउन बाँकी छ ।’ उनले कार्यकर्ताको आक्रोशित मन मिल्दै जाने बताए । ती नेताले भने, ‘गठबन्धनको उम्मेदवारलाई जिताउने हो, कार्यकर्ताको मन मिलाउने हो । दुबै सम्भव छ । एक-दुई दिनमा सबै कार्यकर्ताको मन पनि मिल्छ ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला