वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २६ असोज । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत हुनुभएको छ ।
अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।

नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष ओम खड्काले बराललाई नगद २५ हजार र सम्मानपत्रले पुरस्कृत हुनुभएको छ ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारह?को प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार घोषण गर्दै आएको छ । सोही पुरस्कार सस्थाको वार्षिक साधारणसभाको अवसरमा प्रदान गरेको हो ।

सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गरिन्छ ।

समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गु?ङ सम्मिलत तीन सदस्यीय निर्णायक समितिले पुरस्कारको लागि छनोट गरेको थियो ।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औँ पत्रकार हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला