प्रजातन्त्रवादी प्राध्यापक संघको शुभकामना आदानप्रदान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, असोज २५ । प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा बिहीबार आसन्न चाडपर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापन गर्ने प्राध्यापकहरु बिच शुभकामना आदानप्रदानका साथै पृथ्वीनारायण क्याम्पस र समग्र विश्वविद्यालयका गतिविधिका विषयमा विमर्श भएको थियो । कार्यक्रममा प्राध्यापकहरुले आआफ्नो ठाउँबाट प्राज्ञिक उन्नयनमा निरन्तर लागेर समाजलाई दिशाबोध गर्नुपर्नेमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घका केन्द्रीय उपाध्यक्ष कमलराज सापकोटाले जोड दिनुभयो ।

यसैगरी प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका सभापति डा. लक्ष्मीशरण अधिकारीले प्राध्यापकहरुका पेसागत हकहितका लागि प्राध्यापक संघले निरन्तर कार्य गरेको जनाउनुभयो ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सदस्य कमलराज पौडेलले विश्वविद्यालयमा देखिएका विकृति अन्त्य गरी विश्वविद्यालयको गरिमा बढाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसका सभापति नवीन अधिकारीले प्राध्यापकका साझा सवालमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघका पूर्व अध्यक्ष डा.यामनाथ तिमिल्सिनाले प्रजातन्त्रवादी प्राध्यापक संघलाई धन्यवाद दिँदै आसन्न पर्वहरुका सन्दर्भमा शुभकामना दिनुभयो ।

कार्यक्रममा सहभागी प्राध्यापकहरुले शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सुझाव दिनुभयो ।
प्रजातन्त्रवादी प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष डा. देवीलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्री कृष्णप्रसाद त्रिपाठीले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य श्री सनतकुमार श्रेष्ठ, प्राविधिक सहयोग मदनराज बराल र खाजा सौजन्य भीम नाथ बरालले गर्नुभएको थियो ।
कार्यक्रममा सय जना प्राध्यापकको सहभागिता सहभागिता रहेको उपप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला