प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठकमा खेलकुदको संस्थागत विकासका लागि जोड

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, असोज २२ । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषदको कार्यालयमा सम्पन्न भएको छ ।

परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरु गरि सम्पन्न भएको हो ।परिषदकी अध्यक्ष एवं सामाजिक विकास तथा स्थास्थ्य मन्त्री शुसिला सिंम्खडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधि संगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० पारित गरेको छ ।

बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८० , खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्वन्धि कार्यविधि २०८० र खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० रहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिंदै स्विकृतीका लागि मन्त्रालयमा पठाउने निर्णय समेत् गरेको बताउनुभयो ।

सदस्य सचिव शर्माले प्रदेश खेलकुदको संस्थागत विकासका लागि कार्यविधि र मापदण्ड महत्वपूर्ण कडिको रुपमा रहने जनाउँदै भन्नुभयो–“परिषद स्थापनाको छोटो अवधिमा हामीले प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन योजनावद्ध रुपमा कार्य गरेका छौं । अव मन्त्रालयको स्विकृती पछि लागु हुने दुई कार्यविधि र मापदण्डले खेलकुदलाई अझै प्रखर रुपमा अघि बढ्न हामीलाई सहज वातावरण तयार हुनेछ ।”

यसै गरि बैठकले आर्थिक वर्ष २०८०र०८१को वार्षिक विकास बजेटका विषयमा समेत निर्णय गरेको छ ।

बैठकमा आफ्ना धारणा राख्दै मन्त्री सिंम्खडाले परिषदका सदस्यहरुलाई प्रदेशको खेलकुद विकासका लागि आ–आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्दै मन्त्रालयकोतर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो । “मेरो जिम्मेवारी के हो ? म को हो ? र मैले के गर्नु पर्छ” यि तिन कुरामा ध्यान सके खेलकुद विकासले फड्को मार्ने बताउँदै उहाँले भन्नुभयो–“खेलकुद विकासका लागि नयाँ ढङ्गले सोच्न प्रदेशलाई खेलकुदको ऐतिहासिक थलोको रुपमा विकास नै अहिलेको आवश्यक्ता हो । त्यसमा जोड दिन म आग्रह गर्दछु ।”

खेलकुद विकासमा रहेका कुनै पनि समस्याहरु फुकाउन आफू तयार रहेको बताउँदै मन्त्री सिंम्खडाले विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढने सके खेलकुद अझै प्रभावकारी रुपमा अघि बढन सक्ने उल्लेख गर्नुभयो ।

बैठकमा मन्त्रलयका सचिव बद्रिनाथ अधिकारीले खेलकुदलाई अनुशासित र मर्यादित बनाउन अझै योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रदेशका ११ वटै जिल्लाहरुमा सम्भावित खेलहरुको विकास गर्नु पर्ने उल्लेख गर्दै उहाँले खेलकुदमा लगानी बढाउने विषयमा प्रमुखताका साथ आवाज समेत उठाउनु पर्नेमा जोड दिनुभयो । खेलकुद विकासका लागि सान्दर्भिक र उपयूक्त विषयहरुमा मन्त्रालयको सदैव र साथ र सहयोग रहने उहाँको भनाई थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला