बडादशैमा बाटुलेचौरको कालिका मन्दिरमा नवदुर्गा पुजा आरती गरिने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा १६ वाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि वडादशैंको अवसरमा नवदुर्गा पुजा तथा आरती गरिने भएको छ ।

हिमालय क्लवको आयोजनामा यही असोज २८ गतेदेखि कार्तिक ७ गते वडादशैं टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पुजा गरिने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिनुभयो ।
क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पुजाको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न समुदायले तयारी तिव्र पारेको सचिव शिवराज देवकोटाले जानकारी दिनुभयो ।

वाईसी चौविसे राजाका पाला देखि नै हुँदै आएको पुजालाई व्यवस्थीत रुपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाको संयोजकत्वमा दुर्गा पुजा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिईएको संयोजक थापाले वताउनुभयो ।

पुजा अन्र्तगत घटस्थापनाको दिन देखि दशमीसम्म विहान नित्य पुजा , चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ । फुलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने वताईएको छ ।
नियमित रुपमा पुजा आजा हुने भएता पनि नवदुर्गा भर विशेष पुजा अर्चना हुने र महाअष्टमीको साझँ दिप प्रज्वलन, कालरात्री पुजा र महाआरती सहितको विशेष पुजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

विशेष दुर्गा पुजा दशैं अवधिभर विहान र साँझमा नियमित हुने वताईएको छ ।हिमालय क्लवको संयोजनमा हुने दुर्गा पुजामा शुक्ला साहित्य प्रतिष्ठान,बडहरवोट आमा समुह, संरक्षण आमा समुह,नेवाः खल वाटुलेचौर, मैदान आमा समुह,क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागी महिला एकल महिला समुह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लवले जनाएको छ ।
उक्त मन्दिरमा चौविसे राजा कुलमण्डन शाहको पाला देखि नै पुजा आजा हुदैं आईरहेको वताईएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला