पोखरामा शनिबारदेखि अन्तर क्लव टी–ट्वान्टी क्रिकेट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,१९ असोज । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लवले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा वितेजा, उप–विजेता तथा विभिन्न विद्यागत खेलाडीहरुले पुरस्कार प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले नेपालमा क्रिकेटको लोकप्रियता निकै बढेको बताउनुभयो । पोखरामा पनि क्रिकेट गतिविधी चयालमान बनाउन यो प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई थियो ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले महानगरको आयोजनालाई सफल बनाउन संघको सहयोग रहने बताउनुभयो । आगामी दिनमा क्रिकेट विकासमा महानगरसंग हातेमालो गर्ने उहाँले जनाउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले पोखराका क्रिकेट खेलाडीहरुमा थप निखारता ल्याउन यस्ता प्रतियोगिताहरु निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुनले महानगरले यो प्रतियोगिता सञ्चालनका लागि २ लाख आर्थिक सहयोग प्रदान गरेको जानकारी दिंदै अपुग रकम संघले व्यवस्थापन गर्ने उल्लेख गर्नुभयो । संघले आगामी दिनमा क्रिकेट विकासका लागि ग्रासरुटदेखिकै कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पनि प्रतियोगिताका बारेमा जानकारी दिनुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला