कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ ।
कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कार्तिक १ र २ गते हुने उक्त प्रतियोगीतामा पोखरा महानगरपालिका वडा नं. २४, १८ र २३ का खेलाडीहरुमात्र सहभागी हुन पाउने क्लबले जनाएको छ ।
संस्थाका अध्यक्ष तिर्थ अधिकारीले सेभेन ए साइड फुटबल र खुल्ला दौड प्रतियोगीताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप रहेको जानकारी दिनुभयो ।

फुटबल तर्फका विजेताले ५५ हजार ५ सय ५५ को साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अंकीत कार्कीले बताउनुभयो ।
प्रतियोगीतामा दित्तीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक कार्कीले बताउनुभयो ।
फुटबलतर्फ असोज ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शुल्क ६ हजार लाग्ने आयोजकले जनाएको छ ।

दौडतर्फ प्रथम हुने खेलाडीले नगद ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने कश्यप कालिका युवा क्लवका सचिव धन बहादुर अधिकारीले जानकारी दिनुभयो ।
दौडतर्फ दित्तीय र तृतीय हुने खेलाडीले क्रमशः मेडल र प्रमाण पत्रको साथमा २ हजार र एक हजार प्राप्त गर्ने छन् ।
दौडमा भाग लिन भने खेलाडीले कुनैपनि शुल्क तिर्नु नपर्ने सचिव अधिकारीले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला