एमाले गण्डकीको अधिवेशनमा आउने प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ

नगेन न्यूज
  • ख-
  • ख+

सरिता गुरुङ, पोखरा । नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । सोमबारदेखि पोखरामा शुरु हुने प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो ।

देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकीको अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

अधिवेशनमा कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना गरि ९०७ जना प्रतिनिधिहरु सहभागि हुने एमाले गण्डकीका उपसचिव एवम् प्रचार(प्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानहरु हस्पीटल चोक, औद्योगिक क्षेत्र, शिव चोक, बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने उनले बताएका छन् । उनका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ गरेको छ ।

यस्तै नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई नभएको बताउनुभयो । उहाँले यस अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको आजको पत्रकार सम्मेलनमार्फत बताउनुभयो । उहाँका अनुसार सहमति र सहकार्यबाट नै सर्वसहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न भएको छ ।

विष्टले आफु यस प्रदेशको इन्चार्ज भएको नाताले अन्तिम समयसम्म पनि एकताको आधारमा सहमति खोज्ने प्रयत्न गर्ने बताउनुभयो । तर सहमति नभएमा आन्तरिक जनवादको अभ्यास गर्ने पार्टी नेकपा एमाले भएकोले लोकतान्त्रिक पद्धतिमा कोही जान चाहान्छ भने पाटीले नरोक्ने स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै विष्टले गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबीच अन्तर द्वन्द्व छ भनेर बाहिर फिजाइए जस्तो वास्तविकता नभएको बताउनुभयो ।

उहाँले गुरुङ र अधिकारीसँग घण्टौं कुरा गरेको र कुराकानीको दौरान नै बाहिर सुने जस्तो मनमुटाव र प्रतिस्पर्धा नभएको बताउनुभयो ।
तर यहाँका केही सञ्चारमाध्यमले अपबाह फैलिएको बताउँदै त्यस्तो कुनै प्रकारको असम्झदारी नभएको पनि उल्लेख गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन भने १५ र १६ गतेसम्म हुने भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला