ज्येष्ठ नागरिक दिवस स् पोखरा महानगर माता र पिता सम्मान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले महानगरका सबैभन्दा बढी उमेरका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर माता र पिता सम्मान’बाट सम्मान गरेको छ ।
३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १ सय ५ वर्षीया इन्द्रकला गौतम र १ सय ३ वर्षीय प्रजापति पोखरेललाई महानगरले सम्मान गरेको हो ।

महानगरपालिका वडा नम्वर ७ की गौतम र वडा नम्वर २६ का पोखरेललाई सम्वन्धित वडा कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
पोखरा ७ मा आयोजित कार्यक्रममा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष राममोहन आचार्यले नगद १५ हजार, सम्मानपत्र, दोसल्ला र मालाले सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको बताउदै भन्नुभयो,“ ज्येष्ठ नागरिक हाम्रा भगवान हुन् । त्यसैले उहाँको सम्मान गर्नुपर्छ ।” ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान गनुपर्छ भन्ने उद्देश्यले महानगरले माता पिता सम्मान कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।
ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट ब्यवस्था गरेको बताउनुभयो । उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक घरका मुली हुने भएकाले राम्रो ब्यवहार र मिठो बोलि बचन सहित सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।


वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिदै जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको बताउनुभयो ।

अध्यक्ष थापाले वडाले बार्षिक रुपमा जेष्ठ नागरिक दिवासेवा केन्द्रमा खाजा एवं सहायता सामाग्री बितरण गर्दै आएको जानकारी दिदै वडाको भौतिक बिकासमा मात्र नभई सर्वशुलभ रुपले शिक्षा र स्वास्थ्यमा सवै नागरिकको पहुच हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैया थप गरी पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेका छन् । महानगरपिताका रुपमा सम्मानित पोखरेलका चार छोरा, तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, ज्येष्ठ नागरिक मञ्चका सदस्य शिबबहादुर कार्की, ज्येष्ठ नागरिक कमला बराल, ज्येष्ठ नागरिक मञ्च पोखरा ७ का अध्यक्ष डिल्लीराम बराल, इश्वर बन्धु गौतम लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यको अध्यक्षतामा भएको थियो भने सञ्चालन सामाजिक विकास अधिकृत विष्णुमाया पौडेलले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला