केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता मंसिर ७ गतेबाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ यहि मंसिर ७ गते बाट १६ गते सम्म हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १६ गते सम्म सञ्चालन हुने भएको हो ।
एकेडेमीले पोखरामा बिहिबार एक पत्रकार सम्मेलन गरि सो बारे जानकारी दिंदै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, तिन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लव र एकेडेमीका यू–१९का दुई टिम गरि १२ टिमको सहभागिता हुने जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।
आइसिसीको नियम अनुसार खेलाइने उक्त प्रतियोगितामा म्यान अफ द सिरिजले नगद रु ३० हजार रूपैयाँ, बेस्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष आचार्यले ‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ गते जननेता मदन भण्डारीको नाममा स्थापना भएको एकेडेमीले मुलुकको खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रूपमा व्यवसायिक खेलाडी उत्पादन गरी अनुशाशित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्य अनुरूप यसले आफ्ना सिर्जनात्मक गतिविधिहरू अगाडि बढाइरहेको बताउनुभयो । उहाँले आयोजना हुने टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता त्यसैको एक ऋंखला समेत रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेकी क्रिकेट विभाग प्रमुख शक्ति गौचनले क्रिकेट खेलको विकासका लागि एकेडेमीका संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी ओलीको नाममा हुने प्रतियोगिताले सबै खेलाडीहरुलाई हौसला दिने बताउनुभयो । उहाँले एकेडेमीले समावेश गर्ने २ टिम ट्यालेन्ट हन्टबाट छनोट बाट गरिने बताउनुभयो ।
सो अवसरमा गण्डकी प्रदेश सभाका पूवं सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मीले एकेडेमीले आयोजना गर्ने गरेको टि–२० राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्पादन संगै खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि तल्लोतहबाट गर्नुपर्ने सुझाव दिंदै खेलकुदबाट नै अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न सकिने उल्लेख गर्नुभयो ।
उक्त प्रतियोगिता हरेक वर्ष विभिन्न प्रदेशमा आयोजना हुने गरि तय गरिएको उहाँले जानकारी समेत् दिनुभयो ।

कार्यक्रममा एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज राजेश कुमार गुरुङले पोखरामा आयोजना हुने प्रतियोगिताका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा एकेडेमीका केन्द्रिय सचिबालय सदस्य कृष्ण तिमिल्सिना लगाएतले आफ्ना भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला