गुप्तेश्वर महादेव गुफामा पर्यटकलाई स्वागत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । विश्व पर्यटन दिवस २०२३ को अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै स्वागत गरेका छन् ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला सहितको पदाधाकिरी तथा सदस्यहरुले सबैभन्दा पहिला आउने भारतिय पर्यटकहरुलाई फुलमालाले स्वागत गरेका थिए ।

डा. सुरत ठाकुर, प्रो. रगजोध सिंह र प्रताप सिंह अरनोटले गुफामा रहेको आगन्तुक पुस्तिकामा आफुहरुलाई सबैभन्दा पहिला पुगेको अवसरमा बिहानै स्वागत गर्नु भएको यादहरु कहिलै नविसर्ने बताउदैं विशेष धन्यवाद व्यक्त गरेका छन् ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोलाले पोखरा र गण्डकी प्रदेशकै सबैभन्दा धेरै पर्यटक घुम्न मन पराउने पर्यटकीय स्थान गुप्तेश्वर महादेव गुफामा कोरोनाले पनि असर गरेकोमा अहिले धेरै राम्रो हुँदै गएको वताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला