जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।
जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि पोखराको आठौ साधारणसभा यहि अशोज ४, ५ र ६ गते गरिएको थियो ।
सो कार्यक्रमहरुमा अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन ,सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन , लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सस्थाका कार्यकारी अधिकृत सुशील केसीले संस्थामा हाल सुनौलो बाल बचत, सदस्य मासिक बचत ,जयलक्ष्मी साधारण बचत, जयलक्ष्मी बिशेष बचत , जयलक्ष्मी नारि बचत , जयलक्ष्मी जेष्ठनागरिक बचत जय लक्ष्मी कर्मचारी बचत खाता , सुनौलो भविष्य बचत र आवधिक निक्षेप जस्ता खाताहरु खोलेर आफ्ना शेयर सदस्यहरुलाई सहयोग पुरयाउदै आएको जानकारी जानकारी दिनुभएको थियो ।

संस्थालाई डिजिटलाइज्ड बनाउनको निम्ति साधारण सभामा वितरण गरिएको विविध पत्रहरुलाइ आफ्नै मोबाइलमा क्युआर स्क्यान गरेर मोबाइलमा राख्न पनि सकिने बनाइएको थियो ।

सस्थाका अध्यक्ष निलराज आत्रेयको अध्यक्षतामा लगातार तिनदिन सम्म भएका कार्यक्रमहरुको सस्थाका सन्चालक साबित्री पौडेलले सन्चालन गर्नुभएको थियो ।
पहिलो दिन इकाइ ‘क’ को सभा सितलादेबि पार्टीप्यालेसमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका सहकारी विज्ञ एवं जिल्ला सहकारी संघका राष्ट्रिय प्रतिनिधि दीपक प्रकाश आचार्य हुनुहुन्थ्यो ।

कार्यक्रमको दोस्रो दिन इकाइ ‘ख’ को सभा जितपार्टी प्यालेस पोखरा १६ बाटुलेचौरमा भएको थियो । कार्यक्रम को प्रमुख अतिथि नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संस्था पोखराका सदस्य सेवा केन्द्र पोखरा केन्द्रका प्रमुख सुर्य तिमिल्सिना हुनुहुन्थ्यो ।
कार्यक्रमको तेस्रो दिन एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण सभा क्लासिक चुलो रेस्ट्रो एण्ड ब्यक्यूट पोखरा ट्रेडमलमा भएको थियो। कार्यक्रमको प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकीका सचिव सहदेव प्रसाद हुमागाई हुनुहुन्थ्यो । ७९ भन्दाबढी सदस्यहरुको उपस्थितिमा भएको सो कार्यक्रम सस्थाका प्रमुख कार्यकारी अधिकृत सुशिल के. सी. ले सन्चालन गर्नु भएको थियो।

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय रानीपौवामा रहेको छ । १६ जना कर्मचारी रहेको सो संस्थामा दुइवटा सेवा केन्द्रहरु पोखराको लामाचौर र सार्दीखोलामा रहेका छन ।
आगामी दिनमा आवश्यकता अनुसार कार्यालयहरु थप्दै जाने संस्थाका कार्यालय प्रमुख कार्यकारी अधिकृत सुशील केसीले बताउनुभयो । २०४२ जना शेयर सदस्यमा ११८७ जना महिला र ८५५ जना पुरुष रहेका संस्थाको वासलास (ब्यालेन्ससिट ) ३७,८४,५७,९६१.७९ रहेको केसीले बताउनुभएको थियो ।

जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित तिनदिने कार्यक्रमको सुरुवातमा पानसमा बत्तिबालेर सहकारीका सातसिद्धान्त हरु पाठ गरेर सुरुवात गरिएको थियो ।

पोखराका तिनवटा सहकारी अष्टलक्ष्मी दिदीबैनी बचत तथा ऋण सहकारी संस्था ,जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र मुक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकृत भइ बनेको जयलक्ष्मी बचत तथा ऋण सहकारी बनेको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला