संकल्प सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , असोज ६ । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभइ अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको विसमं परिस्थितिमा आफुलाई जोखिम रहित राखेर मजवुत हुन सकेको बताउनु भयो ।

सहकारीलाई आर्थिक रुपमा सवल बनाउन र मुनाफा बढाउन सहकारीमा रहेका सबै शेयर सदस्यले सहकारी मार्फत नै कारोबार गर्न पर्ने बताउनु भयो । बोनस र व्याजको प्रलोभनमा परेर जथाभावी सहकारीमा लगानी नगर्न सचेत गराउदै आफ्नै घरगाउँमा स्थापना भएका सहकारीमा कारोबार गर्दा लगानीको सुनिश्चित तथा जोखिम कम हुने बताउनु भयो ।

रेडियो सफलताका स्टेशन प्रमुख मधु अधिकारीले सहकारीका प्राय शेयर सदस्य जेष्ठ नागरिक तथा घर गृहिणी रहेकाले आर्थिक चलायमान बढाउन युवा शेयर सदस्य बढाउदै उनीहरुको व्यापार व्यवसायमा लगानी गर्ने वातावरण सृजना गर्नु पर्ने बताउनु भयो ।
पुर्व अध्यक्षको तर्फबाट शुभकामना दिदै पदम राज बरालले नेतृत्व हस्तान्तरण युवालाई गरेर उनीहरुको सोच र शक्तिमा लगानी गरेमात्र संस्थाले गति लिने बताउनु भयो ।

सभामा बचत तथा ऋण तर्फ उत्कृष्ट कारोबार गर्ने परिवेश रेग्मी र लिला बराललाई सम्मान गरियो ।
सस्थाको कोषाध्यक्षको प्रतिवेदन ध्रुवराज बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गर्नभयो । सस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न उक्त सभामा स्वागत उपाध्यक्ष सावित्री बराल र संचालन सचिव नरेश प्रसाद बरालले गर्नुभयो ।
कुल शेयर पुँजी २ करोड ८ लाख १ हजार ६०० रहेको सहकारीमा हाल ८९ जना महिला र १३१ जना पुरुष गरि २२० जना शेयर सदस्य छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला