गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ जारी, व्यावसायीक पशुपालन फर्मले अबलम्वन गर्नुपर्ने

नगेन न्यूज
  • ख-
  • ख+

सरिता गुरुङ, पोखरा । गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ जारी भएको छ । असल अभ्यास अवलम्बन गर्दै पशुपंक्षीजन्य उपजको उत्पादन र उत्पादकत्व वृद्धि गर्न र आर्थिक लाभ बढाउन पशु कल्याणको अवस्थामा उल्लेख्य सुधार गर्न आवश्यक भएकोले गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले उक्त गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।

यस मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्नेहाज केयर ललितपुरसंग सहकार्यका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

पशु कल्याण सम्बन्धी कार्य गर्ने उद्देश्यसहित विगत ८ वर्षदेखि सञ्चालनमा रहँदै आएको स्नेहाज केयरले यस क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको आयोजकले जनाइएको छ ।

सो संस्थाबाट आवाजबिहिन पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुर्नस्थापनाका लागि विभिन्न गतिविधिहरु र कुकुरहरुको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम संचालन, रेविज रोगको उन्मुलनका लागि बृहत्तर रेबिज बिरुद्धको खोप कार्यक्रम हुँदै आएको आयोजकले जानकारी दिएको छ ।

यस्तै छाडा तथा बेवारिसे गाई बाच्छाहरुको उपचार, उद्धार तथा पर्नस्थापना, पशु कल्याणका लागि बोट बिरुवामा आधारित खानेकुरा सम्बन्धी सचेतनामूलक सामूदायीक शिक्षा कार्यक्रमका गरिदै आएको जनाइएको छ ।

संस्थाले पशु कल्याणलाई समाजको सर्वमान्य मान्यताको रुपमा स्थापित गर्न तत्काल उपचारात्मक विधिहरुसंगसंगै अभियानलाई प्रभावकारी र दीगो बनाउने बताएको छ ।

संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले यसको दिगोपना सुनिश्चित गर्नका लागि आफुहरुले नेपाल सरकार तथा सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र समझदारी गर्दै राज्यको नीतिगत क्षेत्र समेत पशु कल्याणका विषयहरुलाई समावेश गर्नका लागि अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

यस गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ ले पशु कल्याणका ५ वटा मुख्य स्वतन्त्रताका कुराहरु उठाएको छ ।
१.भोक, प्यास र कुपोषण हुन नदिने
२.डर, त्रास तथा तनाब हुन नदिने
३.भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने
४.पिडा, चोटपटक र रोगब्याधिबाट सुरक्षित राख्ने र
५.सामान्य प्राकृतिक व्यबहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको छ ।

त्यस्तै यस मापदण्डमा दूध उत्पादनका लागि पालिएका पशु बाहेक भाववहन प्रयोजनका लागि प्रयोग गरिने वहर, गोरु, राँगा, भार तान्ने बाहेक थोरा र अनुत्पादक पशुप्रति गरिने व्यवहारबारे पनि उल्लेख गरिएको छ ।

यसमा तोकिएको ढाँचामा तयार गरिएको पशु कल्याण मापन सूचक अनुसार पशु कल्याण अवस्थाको मापन गर्ने र सो को अनुगमन मन्त्रालयबाट हुने, व्यवसाय र यसको कार्यानव्यनको पक्ष समेत उल्लेख गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला