आर्थर सरादिखोला पौडेल सेवा समाजको छैटौं साधारण सभा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पर्वत र स्याङ्जाको सिमानामा पर्ने आँधिखोला गाउँपालिका र कुस्मा नगरपालिका १४ पूख्यौली थलो भई पोखरामा बसोबास गर्दै आइरहेका पौडेलहरूको संस्था आर्थर सरादिखोला पौडेल सेवा समाजको छैटौं साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको सम्झनामा एक मिनेट मौन धारण गरी गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष डिल्लीराम पौडेलले संस्थाको बार्षिक प्रतिवेदन कार्य प्रगति प्रस्तुत गर्नुका साथै भावी योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रका प्रमुख अतिथि आधिँखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले शुभकामना मन्तव्य राख्दै संस्थाको योजनामा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पौडेलले स्वागत मन्तव्य सहित संस्थाको कार्य प्रगति र भवन निर्माण योजनाका बारेमा अवगत गराउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व सह–सचिव दिवाकर पौडेलले पारर्दशिता सफलताको कडि भएकाले यसमा सम्झौदा गर्न नहुने बताउनुभयो ।
उक्त कार्यक्रमका अतिथि रामेश्वर मार्ग टोल सुधार समिति अध्यक्ष लिलाप्रसाद पंगेनीले स्थापनाको छोटो समयमा नै राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा सफलताको सुवेक्षा प्रकट गर्नुभयो ।

संस्थाका संस्थापक अध्यक्ष चेतनाथ शर्मा पौडेलद्वारा समाजका अजिवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा संचारकर्मी तथा यस समाजका संस्थापक सचिव चीरञ्जीवी पौडेललाई संचारकर्मको माध्यमबाट समाजमा गरेको योगदानको कदर गर्दै सम्मान गरेका थिए भने सासुआमाको उत्कृष्ट सेवा गरेर समाजमा उदाहरणयीय बनेकोमा समाजका सदस्य बुहारी हरिमाया पौडेललाई समेत सम्मान गरिएको थियो ।
साथै उक्त कार्यक्रममा निवर्तमान कार्यसमिति सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजको छैटौं साधारण सभाले पोखरा–२२ मा समाजको भवन निर्माणको लागि जग्गा खरिद गर्ने निर्णय पारित गरेको छ ।
संस्थाका सचिव शोभाकान्त पौडेलले कार्यक्रमको संचालन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला