अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’ पोखरामा गृहलोकार्पण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण पोखराको रिडर्स कर्नरमा सम्पन्न भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले कार्यक्रममा ‘यादको कोलाज’ लोकार्पण गर्दै विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने कुरा बताउदैं लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको बताउनुभयो ।

उहाँले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको उल्लेख गर्दै नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

जीवनसागर भण्डारीले पुस्तकको समीक्षा गर्दै कृतिमा लाहुरे जीवनको प्रतिबिम्ब उतारिएको बताउनुभयो । उहाँले लाहुरे जीवनको विभिन्न पक्षको वर्णन गरिएको बताउदैं लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी बाह्रओटा शीर्षकमा पुस्तक समेटिएको जनाउनुभयो ।
उहाँले लेखक अमृतले काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम गरेको बताउनुभयो ।
भण्डारीले लेखकले हरेक शीर्षकको थालनीमा प्रस्तुत गरेको जीवनदर्शन गहन रहेको समेत उल्लेख गर्दै युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने कुराका लागि पनि यादको कोलाज कृति पढ्नुपर्ने बताउनुभयोे ।
उहाँले कृतिमा लाहुरे जीवनका अन्य गहन पक्षहरूका नखुलेका पाटाहरू रहेको महसुस पाठकले गर्ने बताउँदै आउँदो संस्करणमा त्यसको गम्भीर पक्षलाई समेट्न लेखकलाई सुझाव समेत दिनुभयो ।

लेखक अमृतले आफ्नो साहित्यलेखनमा रुचि सानैदेखि रहेको सबैको मायाले लेखनतर्फ थप हौसला मिलेको बताउनुभयोे ।

कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भने पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले अभियानका लेखक अमृतका बारेमा लेखक परिचय प्रस्तुत गर्नुभएको थियो ।
पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियन्ता मोहन भण्डारीले सञ्चालन तथा अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ले स्वागत गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला