शुक्लाको कृष्ण भजन प्रतियोगितामा धर्मोदय दशवतार वालन संस्कृत समुह प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको बाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह उत्कृष्ट हुदै प्रथम भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समुह हेम्जा उत्कृष्ट दोस्रो, ईशानेश्वर भजन समुह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समुह फुलवारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगितामा उत्कृष्ट हुन सफल टोलीलाई नगद १ लाख, द्वितियलाई ७५ हजार, तृतियलाई ५० हजार, सान्त्वना टोलीलाई २५ हजार र सहभागी २४ टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लिला समेत प्रस्तुत गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य विद्या भट्टराई अधिकारीले कला संस्कृतिवाटै मानव सभ्यताको विकास भएको वताउँदै, यसको संरक्षण गर्न आवस्यक रहेको बताउनुभयो । यस्ता कार्यक्रमले पोखराको धार्मिक पर्यटन विकासमा समेत टेवा र्पुयाउने उहााको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष हरि वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दुर्गादेवी वस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सदेैव अग्रसर हुने बताउनुभयो ।
प्रतियोगितामा सहभागी टोलीको मुल्यांकन संयोजक सिर्जना थापा, संस्कृतिविद् डा. कुशुमाकर न्यौपाने र सह प्राध्यापक अम्विका प्र. भट्टराईले गर्नुभएको थियो । अग्रज दोहोरी गायक प्रजापति पराजुलीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, साहित्यप्रेमी र सहयोगदातालाई सम्मान समेत गरिएको शुक्लाका सचिव दिपेन्द्र बानियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा कास्की, स्याङ्जा, वाग्लुङ, पाल्पा लगायतका जिल्लावाट भजन टोली सहभागी भएका थिए ।
वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला