नेपाली उत्पादनका बलिउड अभिनेता आयुष्मान खुराना ब्राण्ड एम्बेसडर

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको व्यवसायिक दूतमा बलिउड अभिनेता आयुष्मान खुरानालाई नियुक्त गरेको छ ।

अभिनेता खुरानाले ब्राण्ड एम्बेसडर नियुक्त भएपछि नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताउनुभयो ।
सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भएपनि खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला