शुक्ला साहित्यको कृष्णजन्माष्टमी भजन प्रतियोगिताको तयारी पूरा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । “कला, साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य” भन्ने मूल उद्धेश्यका साथ साहित्यको उर्वर भूमि पोखरा १६ बाटुलेचौरमा जनक कवि केशरी धर्मराज थापाको अध्यक्षतामा बि. सं. २०४५ सालमा शुक्ला साहित्य समितिको जन्म भयो ।
त्यसै समय देखी विभिन्न आरोह अबरोह पार गरी सहित्यलाई उजार्ग गर्दै आउने क्रममा बि । सं । २०५७ साल देखि भव्य रूपमा महा मेला कृष्णजन्माष्टमी भजन प्रतियोगिता संचालन गर्दै आएको बर्तमान शुक्ला साहित्य प्रतिष्ठानका सचिब दिपेन्द्र बाँनियाले जानकारी दिनु भयो ।

यसै क्रम संगै अघि बढि रहदा बि. सं. २०७४ सालमा शुक्ला समितिबाट शुक्ला साहित्य प्रतिष्ठानमा रूपान्तर गर्न सफल भएको निबर्तमान शुक्लाका अध्यक्ष, सल्लाहकार र यस कृष्ण भजन प्रतियोगिताका अर्थ संयोजक कुल बहादुर खत्रीले जानकारी दिनु भयो ।
यस संगै सदाका बर्ष जसरी यस बर्ष २०८० भाद्र २० गते भव्य रूपमा महा मेला कृष्णजन्माष्टमी भजन प्रतियोगिता संचालन हुने हुदा सम्पूर्ण भक्तजनहरू कार्यक्रममा उपस्थित जनाई दिनु हुन आग्रह गर्दै अहिले सम्म २३ भजन समूहले नाम दर्ता गरेको बर्तमान शुक्लाका अध्यक्ष हरिबहादुर बरूवालले जानकारी दिनु भयो ।

शुक्लाका सह सचिव तथा कृष्ण भजन प्रतियोगिताका प्रचारप्रसार संयोजक संजय थापाले कार्यक्रमलाई सफल बनाउनका लागी विभिन्न उप समिति गठन गरी तिब्रताका साथ अघि बढेको जानकारी दिनु भयो ।
थापाले बिगतका बर्षहरूमा भन्दा यस बर्ष प्रतिष्ठानले कृष्ण भजन प्रतियोगितामा पुरस्कार राशी बढाएको जानकारी दिनु भयो ।
उहाँले प्रथम हुनेलाई नगद रू १००००० र प्रमाणपत्र, दितियलाई नगद रू ७५००० र प्रमाणपत्र त्यसै गरि तृतीय हुनेलाई नगद रू ५०००० र प्रमाणपत्र, सान्त्वनालाई नगद रू २५००० र प्रमाण प्रदान गरिने छ भने सहभागी समूहलाई ५००० र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनु भयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला