युनिश गुरुङ बाल कल्याण संघ पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार(२०८० बाट पुरस्कृत हुनुभएको छ ।

बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ ।

संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो । उहाँलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गर्नुभएको हो ।

सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्दै आउनुभएको पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध हुनुहुन्छ ।

उहाँ यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसक्नुभएको छ । हाल उहाँ एसोसिएट प्रेस (एपी)लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध हुनुहुन्छ ।

यसअघि उक्त पुरस्कारबाट नारायण शाही, घनश्याम पाण्डे, प्रकाश ढकाल, कृष्ण दवाडी लगायत सम्मानित भइसकेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला