
पोखरा । गायिका प्रीया गुरुङको मनको भारी पोखरामा सार्वजनिक भएको छ ।
शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उहाँको गीत सार्वजनिक भएको हो । ज्योती गुरुङको शब्दलाई अमित गुरुङले संगीत भर्नुभएको छ । संगीत संयोजन समेत अमितकै हो ।
उक्त गीतको म्युजिक भिडियोमा प्रीयाको अभिनय रहेको छ । पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिच्नुभएको हो ।
कमल बहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रीया आशावादी हुनुहुन्छ । म्युजिक भिडियोलाई टेकमान गुरुङले सम्पादन गर्नुभएको हो ।
यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रीया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय हुनुहुन्छ ।
बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमा समेत सहभागिता जनाउनुभएको उहाँ पोखराको ओपन “सी” ब्याण्डमा आबद्ध हुनुहुन्छ । संगीतलाई नै मुख्य पेशा बनाउनुभएको उहाँ पोखरा लगायतका आसपासका जिल्लामा भएका सांगीतिक कार्यक्रममा प्रस्तुति राख्न पुग्ने गर्नुहुन्छ । संगीतमा नै लागेर प्रीयाले हङकङको यात्रा गरिसक्नुभएको छ ।
लेकसाइडको अन्नपूर्ण गार्डन रेष्टुरेण्टमा नियमित रुपमा उहाँको आवाज सुन्न पाइन्छ ।