
पोखरा । अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’ काठमाण्डौमा विमोचन भएको छ ।
काठमाडौँमा आयोजित कलिङ साहित्यिक महोत्सवका अवसरमा विशेष समारोहका बिच पुस्तकको विमोचन भएको हो ।
उक्त विशेष समारोहमा भारतीय सेनामा कार्यरत रहँदाका विविध आरोह अवरोहलाई यादहरूमा सँगालेर कृति तयार पारिएको पुस्तकलाई प्रसिद्ध लेखक प्रा. बिना पौडेल, लेखक एवम् संस्कृतिविद् जगमान गुरुङ, भारतीय अर्थशास्त्री प्रसिद्ध लेखक डा. विवेक देवरोंय, कमलकान्त दासले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
क्षेत्रीले कृतिमा विगतका घटनाहरूको स्मरण मात्र छैन ती घटनाले हृदयमा जन्माएको भावमाथिको दार्शनिक लेपन कृतिमा समेटिएको बताउदैं प्रतिक्रिया कुरिरहेको बताउनुभयो ।
२०७८ सालमा उहाँको ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित भएको थियो भने यो दोस्रो कृति हो ।