स्वीकृती विना तिजको बहानामा भड्किलो कार्यक्रम गरे कास्की प्रशासनले कारवाही गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशासनको हरितालिका तिजको बहानामा स्वीकृती विना भड्किलो कार्यक्रम गरे कारवाही गर्ने बताएको छ ।

कास्की प्रशासनले सूचना प्रकाशित गर्दै हरितालिका तिज नजिकिदै गएकाले तिज पर्व मनाउने नाममा तडकभडक सहितका खर्चिला, भड्किला कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरेको हो ।

कास्की प्रशासनले सूचना सामाजिक व्यवहार सुधार ऐन तथा नियमवाली २०३३ र अन्य प्रचलित कानूनको विपरित हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा,मेला महोत्सव, पार्टी जस्ता कार्यक्रम सञ्चालन नगर्न सूचनामार्फत अनुरोध समेत गरेको छ ।

सूचना विपरित कार्यक्रम सञ्चालन गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने कास्की प्रशासनले जनाएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला