११०औं बीपी जयन्तीको अवसरमा बीपी साहित्य महोत्सव भदौ अन्तिम साता

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं,११ भदौ । नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय र नेपाल लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते पहिलो पटक बीपी साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।
११०औं बीपी जयन्तीको अवसरमा बीपी साहित्य महोत्सव गर्न लागिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महोत्सवका संयोजक एवं कांग्रेस महमहामन्त्री बद्री पाण्डेका अनुसार महोत्सवमा भारतबाट जेएनयूका पूर्व प्राध्यापक आनन्दकुमार आउने तय भएको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महोत्सवका १२ वटा सत्र हरेक दिन साँझ हुने छ । महोत्सवका क्रममा हरेक दिन साँझ क्रमशः कविता, गजल र सांगीतिक साँझ हुनेछ भने कार्यक्रम अवधिमा चित्रकला प्रदर्शनी पनि हुनेछ । बीपी, लोकतन्त्र र कांग्रेससँग जोडिएका वृत्तचित्र र केही तस्वीर प्रदर्शन पनि हुने उहाँले जानकारी दिनुभयो ।

यस्तै १२ वटा सत्रहरु मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन र परिवारले बुझेका बीपी रहने छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला