पहिलो पाइला नेपाल पुतलीबजार शाखाको वृक्षारोपण कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

स्याङ्जा । पहिलो पाइला नेपाल पुतलीबजार शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘पहिलो पाइला नेपाल’पुतलीबजार शाखाले शाखाको प्रथम अधिवेशन पश्चात प्रथम कार्यक्रमको रुपमा वातावरणिय अनुकुलता, संरक्षण तथा हरित निर्माणको उदेश्यस्वरुप बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

पहिलो पाहिला नेपाल पुतलीबजार शाखाका अध्यक्ष सन्ध्या लामिछानेले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था पहिलो पाइला नेपाल पुतलीबजार शाखाले अझै आगमी दिनमा अघि बढ्दै जाने बताउनुभयो ।

उहाँले पहिलो पाइला गैरनाफामूलक संस्था भएकोले सधै अरूबाट चन्दा सहयोग लिएर पुन सहयोग गरेर मात्र नपुग्ने बताउदै सरकारसंग सहकार्य गरेर स्थानीय प्रदेश सरकारसंगको परामर्श समन्वयनमा अगाडि बढेर सामाजिक क्षेत्रमा निरन्तर लागि पर्नुपर्ने आबश्यक्त औल्याउनुभयो ।

‘पहिलो पाइला नेपाल’ पोखरा शाखाको निवर्तमान अध्यक्ष रञ्जित दनैले ‘पहिलो पाइला नेपाल’ ले सामाजिक क्षेत्रमा सबैको साथ सहयोगमा सकारात्मक खालको काम गर्नुपर्ने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला