
काठ्माण्डौं । महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । मलेसियाको राजधानी क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङकङ माथी विजयी हात पारेको हो । नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।
नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।
अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो । महिला टी–२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत गरि चार देशको सहभागी भएका थिए ।
यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले सिरिज खेलेको हो ।