चलचित्र विकास बोर्डद्वारा दीर्घ साधना सम्मान लक्ष्मी गिरी र शिव श्रेष्ठलाई

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुने चलचित्रकर्मीहरूको सूची सार्वजनिक गरेको छ ।
चलचित्र विकास बोर्डले २०७८ र २०७९ को राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान एकसाथ वितरण गर्ने भएको छ ।

राष्ट्रपतिबाट प्रदान गरिने पुरस्कार तथा सम्मान कार्यक्रम यही भदौ १२ गते राष्ट्रपति कार्यालय शितल निवासमा हुने बोर्डले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

दीर्घ साधना सम्मानबाट लक्ष्मी गिरी र शिव श्रेष्ठलाई सम्मानित गरिने भएको छ भने विशेष योगदान सम्मान ३५ जनालाई प्रदान गर्ने बोर्डले निर्णय गरेको छ । विशेष योगदान सम्मान निर्देशक, निर्माता, कलाकार, प्राविधिक, पत्रकारलाई प्रदान गरिँदैछ ।

चलचित्र विकास बोर्डको मिति २०८० भदौ ७ गतेको निर्णयानुसार यही २०८० साल भाद्र १२ गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय शीतल निवास काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको पुरस्कार तथा सम्मान समारोहमा सम्मानित हुने नामावली सार्वजनिक गरेको हो ।
यसको पूर्ण विवरण बोर्डको वेबसाइट film.gov.np   मा राखिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला