हिसान कास्कीको वक्तृत्वकलामा प्रतिभा मावि प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली र अंग्रेजी विधामा गरिएको प्रतियोगितामा दुवैतर्फ पोखराको नदिपुरमा रहेको प्रतिभा माविले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

हिसान कास्की अन्तर्गतका दर्जनौ विद्यालयका विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा नेपाल विधातर्फ प्रतिभाकी दिपाली भट्टराई सर्वोत्कृष्ट हुनुभएको हो ।

त्यस्तै, अंग्रेजी विधातर्फ प्रतिभाकै महिमा विश्वकर्मा सर्वोत्कृष्ट हुनुभएको छ ।
नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए । यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

अंग्रेजी भाषामा ‘सोसल मिडियाः दि फोर्थ पिलर अफ डेमोक्रेसी’ विषयमा प्रतिश्पर्धा भएको थियो । जसमा मदरल्याण्ड माविकी आकृशा थापा द्वितीय, सगरमाथा माविकी खुशी गुरुङ तृतीय र सिर्जना माविकी सर्वज्ञा अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

कास्कीभरका हिसानमा आबद्ध विद्यालयमध्ये आफ्नो विद्यालय दुवै विधामा सर्वोत्कृष्ट बनेपछि प्रतिभा माविका प्राचार्य किरण सापकोटाले खुशी व्यक्त गर्दै छात्राहरुको शैक्षिक एवम् प्राज्ञिक उन्नयनको कामना गर्नुभएको छ ।
यस्तै, हिसानले युनिभर्सिटि लेभलको वक्तृत्वकला प्रतियोगिता पनि गरेको छ ।
नेपालीतर्फ लेकसिटी कलेजकी अनिता केसी प्रथम र एसओसीएचकी शिला भुषाल द्वितीय हुनुभयो । अंग्रेजी विधातर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका अमृत थापा प्रथम, एसओसीचका सुवास पौडेल द्वितीय र पीसीएमकी श्रीक्षा नेपाली तृतीय हुनुभयो ।
अंग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजन अशोक शाही र नेपाली विधाको संयोजन डिल्लीराम अर्यालले गर्नुभएको थियो ।
चाउथे स्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा आयोजित कार्यक्रमको अध्यक्ष हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन उपसचिव पुरन कुँवरले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला