‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’बाट मलेशियामा पोखराकी मोनिका थापा सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । जोन्टा क्लब अफ पोखराकी अध्यक्ष मोनिका थापा ‘गोल्डेन ग्लोबल आइकोनिक अवार्ड २०२३’बाट मलेसियामा सम्मानित हुनुभएको छ ।
युनिभर्सिटी कलेज माविप इन्टरनेशनल र फार्मासेटिकल रोयल इन्टरनेशनल सोसाइटी मलेशियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापालाई सम्मान गरिएको हो ।

हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मण्टेश्वरी किण्डर होम नेपालका निर्देशक समेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै उक्त समारोहमा सम्मान गरिएको हो ।

थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनलका भाइस चान्सलर डा.भान,थाइल्याण्डका पूर्व गर्भनर डा.यानाकोर्न, प्रिजल फाउण्डेशनका प्रेसिडेण्ट प्रिति ताग्रे, टर्कीका डा.निजम लगायतले अवार्ड प्रदान गरेका थिए ।
विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य दश राष्ट्रका व्यक्तित्वहरुलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।

सम्मानित थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको बताउदै साथै आफुलाई योग्य सम्झिएर यो अवार्ड प्रदान गर्नुभएकोमा आयोजक समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला