अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’को घोषणा, शिव श्रेष्ठ र सुनिल थापालाई सम्मान

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । अमेरिकाको क्यालिफोर्नीयामा सन् २०२४ को सेक्टेम्बरमा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाले आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा अमेरिका भ्रमणमा रहेका वरिष्ठ अभिनेता द्वय शिव श्रेष्ठ र सुनील थापाको सम्मानमा गर्दै ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो ।

लामो समयदेखि अमेरिका बस्दै आउनुभएको खेलाडी,सफल ब्याबसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी गोल्डेन स्टेट मुभी मेकर्समार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ले नेपाली फिल्मको गुणस्तरिय बिकास,अन्तराष्ट्रिय बजार प्रबद्र्धन,बिस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने बिश्वास ब्यक्त गर्नुभयो ।

अमेरिकामा समाजसेवा, म्युजीक फेस्टिवल आयोजनालगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा बिशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेको जनाउदै ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै ब्यबस्थित,निस्पक्ष,सभ्य,भब्य र सानदार हुने दावी गर्नुभयो ।
अवार्डको जुरी कमिटीमा समेत रहेका बरिष्ट अभिनेता शिब श्रेष्ठले यो अवार्डमा आफ्नो भरपुर,साथ,समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
अर्का बरिष्ट अभिनेता तथा जुरी मेम्बर सुनील थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको बिगतका हरेक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले नयाँ उचाइ हासिल गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

‘गोल्डेन नेपाली फिल्म अवार्ड’को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ तथा थापाका साथमा चर्चित अभिनेत्री,निर्मात्री,निर्देशक दीपाश्री निरौला र वरिष्ठ चलचित्र पत्रकार,फिल्म लेखक,निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहेको जानकारी गोल्डेन स्टेज मुभी मेकर्सले दिएको छ ।

आयोजक यज्ञलालले शिव श्रेष्ठ र सुनील थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी (एनआरएनए युएसए) का अध्यक्ष बिष्णु केसी,तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन,एनआरएनए च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसिसि सदस्य बिन्दू निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला