राष्ट्रपति पौडेलद्वारा मंगलबार सर्वदलीय वैठक आह्वान

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार विहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मंगलबार बिहान साढे ८ बजेका लागि शीतल निवासमा सर्वदलीय बैठक आह्वान भएको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध भएपछि राष्ट्रपतिले यस विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो ।

पोखरेलका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । जसअनुसार बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता रहनेछ ।
सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ ।
यो बीचमा विभिन्न तहमा छलफल भए पनि सहमति जुट्न नसकेपछि राष्ट्रपतिले अग्रसरता बढाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक बसेको भएपनि उक्त बैठक निष्कर्षविहीन सकिएको छ ।
सभामुख देवराज घिमिरेले पनि सत्ता पक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरुसँग संसदको अवरोध खुलाउनेबारे छलफल गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुनकाण्ड छानविनका लागि उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने अडान कायम राखेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउनुभएको हो ।
अब राष्ट्रपतिले अग्रसरता लिँदै दलका नेताहरुलाई शीतल निवासमा बोलाएर सहमतिको लागि आग्रह गर्ने बताइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला