
काठमाडौं,२ भदौ । पद्मश्री साहित्यिक पुरस्कार –२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने जानकारी दिनुभयो ।
उत्कृष्ट पाँच पुस्तकहरूमा डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, डा. नवराज केसीको शून्यको मूल्य, सुबिन भट्टराईको इजोरिया र विवेक ओझाको ऐंठन रहेका छन् ।
वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको यो पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए ।
अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ ।