क्यानद्धारा एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । पाकिस्तान र श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सोमबार नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।
सो टोलीमा रोहित पौडेलसँगै कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहने छन् ।

अगष्ट ३१ बाट सुरु हुने यस एसिया कप क्रिकेटमा नेपाल, भारत र पाकिस्तान समूह ए मा रहेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्ने छ ।
यसअघि नेपाली टोलीले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले केही अभ्यास खेल पनि खेल्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला