न्यूयोर्कमा अनमोल र स्वस्तिमा उत्कृष्ट, चलचित्रमा ‘प्रेम गीत ३’

नगेन न्यूज
  • ख-
  • ख+

न्यूयोर्क । ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण शनिबार बेलुका अमेरिकाको आर्थिक सहर न्यूयोर्कमा सम्पन्न भएको छ ।
स्थानीय समयानुसार शनिवार बेलुका आठ बजेदेखि क्वीन्सको मेलरोज बलरुममा अवार्ड समारोहमा फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गरिएको हो ।
‘प्रेमगीत ३’ सर्वश्रेष्ठ फिल्म घोषित हुँदा सन्तोष सेनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभयो ।
वर्ष २०२३ को स्टारको उपाधि अनमोल केसीले जित्दा स्वस्तिमा खड्का वर्ष अभिनेत्री घोषित हुनुभयो ।
अवार्ड ग्रहण गर्न अनमोल यतिबेला न्यूयोर्कमा हुनुहुन्छ ।

शिव विक वर्षका सर्वश्रेष्ठ नृत्य निर्देशक हुनुका साथै सर्वश्रेष्ठ डायस्पोरा फिल्मको पुरस्कार ‘लक्का जवान’ले जितेको छ ।
त्यसैगरी सहायक अभिनेतातर्फ सुनिल थापा र सहायक अभिनेत्रीतर्फ प्रियंका कार्कीले अवार्ड हात पार्नुभयो ।
फिल्म अचिभमेन्ट अवार्ड अभिनेता सरोज खनालले प्राप्त गरेसँगै वर्षगायिकाको पुरस्कार प्रविशा अधिकारी, डायस्पोराका वर्ष अभिनेता सुवास थापाले प्राप्त गरेका छन् ।
चार दशकदेखि फिल्म क्षेत्रमा योगदान दिएबापत पाका अभिनेता शिव श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

गेहेन्द्र धिमाल सम्मान अभिनेता पुरण जोशी, रामकेशर बोगटी सम्मान बीना बुढाथोकी, अभियानश्री सम्मान नारायण श्रेष्ठ, सुनिल पाठक र नारायण पुरीलाई प्रदान गरियो ।

प्रोत्साहन पुरस्कार अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रामदाम र शिव पुरीले प्राप्त गरेका थिए ।
यसपटकको अवार्डका जुरीमा कृष्ण मल्ल, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान र दुर्गा बिसुराल थिए ।

अवार्ड समारोहमा निशा सुनार, स्मिता दाहाल, बसन्ती राई, रामप्रसाद खनाल लगायतले सांगीतिक र नृत्य प्रस्तुति दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतले वातावरण संरक्षणको सन्देश दिन विरुवा रोपेर समारोह उद्घाटन गर्नुभयो ।

मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा र उपविजेता इशा सुवेदीलाई पनि सम्मान प्रदान गरियो ।
समारोहमा सहभागि हुन भुवन, सरोज, शिव, रविन्द्रसहित अनमोल केसी, जिया केसी, निखिल उप्रेती, आयुष्मान जोशी लगायत न्यूयोर्कमा पुगेका थिए ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेका हुन् । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो जसका प्रमुख शैलेश श्रेष्ठ हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला