काठमाडौँ । हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा तीजका गीतहरु सार्वजनिक हुने क्रममा गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा रहेका छन् ।
भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु लोकप्रिय छन् ।
त्यस्तै गरि गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरु सफल छन्। मौलिक शब्दहरु समाबेश यस गीतले दर्शक श्रोताको मन जित्नेमा गायिका भावना ढुक्क हुनुहुन्छ ।
नव मोडल मन्जु थापा राजेश हमाल संग भिडियोमा काम गर्न पाउँदा उत्साहित भएको बताउनुभयो ।
देबेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडियोको छायांकन उत्सब दाहालले गर्नुभएको हो ।
यो भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो ।
भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।