एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को सँयोजकमा सुरेन्द्र परियार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,साउन २७ । अन्तराष्टिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को साधारणसभाले सुरेन्द्र परियारको सँयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

२२ औं वार्षिक साधारण सभा तथा १४ औ अधिवेशनले अन्नपूर्ण समूह ५४ को सँयोजकमा सुरेन्द्र परियार चयन हुनुभएको हो ।
शनिबार (आज) पोखरामा सम्पन्न साधारण सभाले सहसंयोजकमा विष्णुहरी पन्थी , सचिवमा अधिबक्ता मिना कुमारी रानाभाट, कोषाध्यक्षमा दिपा शर्मा, सहसचिवमा अधिवक्ता सुर्य बहादुर थापा चयन गरेको छ ।

त्यस्तै समितिको सदस्यहरूमा शुशिल केसी , अजय थापा, अनिरुद्र बराल र अस्विन कार्की चयन भएका छन् ।
कार्यक्रमको एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक कोमलनाथ कुवरले उद्घाटन गर्दै मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको बताउनुभयो ।

नवनिर्वाचित टिमले एम्नेष्टी अभियानलाइ व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
नवनिर्वाचित टिमलाइ निर्वाचन सँयोजक एवम् एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक नविनराज बरालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै नया कार्यसमितिले मानव अधिकारका क्षेत्रमा प्रभावकारि भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक अनन्त कोइराला , एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक भानु पराजुली , एम्नेष्टी इन्टरनेशनल समूह ८२ सचिव नरेश बराल लगायतले निर्वाचितहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको मान जोगाइराख्न आग्रह गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला