पोखरामा आँखा पाक्ने समस्या, विद्यालयहरु तीन दिन विदा दिने निणर्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन २३ । पोखरामा पछिल्लो समय आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जङटिवाइटिस) फैलिरहेको छ । यो रोग फैलिएसँगै यसका बिरामीहरु पनि दिनप्रतिदिन बढ्दो क्रममा छन् । यो रोग आफैमा संक्रमित रोग हो ।

विशेषगरी यस रोगको प्रभाव विद्यालयहरुमा बढी मात्रामा देखा परेका छन् । यसको संक्रमण चक्रलाई रोक्नको लागि पोखरा महानगरपालिकाले आज एक सूचना जारी गर्दै भोलिबाट तीन दिनसम्मका लागि महानगरभित्रका सम्पूर्ण विद्यालयहरु विदा गर्ने निर्णय गरेको छ ।

महानगरले जारी गरेको सूचनामा, पछिल्लो समय पोखरामा आखाँ पाक्ने रोगले आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विद्यालयहरुमा समेत देखा परेको हुदाँ यसलाई रोक्न हिजो सोमबार महानरपालिकाका प्रमुखको संयोजकत्वमा सरोकारवालाहरुसँग बैठक बसि श्रावण २४ देखि २६ गतेसम्म तीन दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक, संस्थागत र मन्टेश्वरि स्कुलहरु विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

सोही निर्णय अनुरुप महानगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई तीन दिनका लागि बन्द गर्न उक्त सूचनामार्फत अनुरोध समेत गरको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला