
सरिता गुरुङ
पोखरा । पोखराको पृथ्वीचोकमा हङकङ बजार नामको बजार सञ्चालनमा रहेको छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय गण्डकीको करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा पोखराको फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई २०६९ सालमा विभिन्न राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय र स्थानीयको सहमतिमा सो ठाउँमा स्थानान्तरण गरिएको थियो ।
त्यस जग्गामा ती व्यवसायहरुलाई स्थानात्तर गर्नुपूर्व नै कृषि सामग्री कम्पनीले मिलन प्रसाद तिवारीलाई सो जग्गा भाँडामा दिएको थियो । तिवारीले जग्गा भाँडामा लिदा कृषि सामग्रीसँग गरेको सम्झौता ०७८ माघमा सकिएको थियो ।
कम्पनीसँगको जग्गा भाडा समाप्त भै ०७९ चैत्र २१ गते कृषि सामग्री कम्पनीले हङकङ बजारको जग्गालाई पूनस्भाडामा लगाउन बोलपत्र आव्हान गरेको थियो । बोलपत्र आव्हान गरेसँगै हङकङ बजारका व्यवसायीहरुले यतिबेला आन्दोलन गरिरहेका छन् ।
व्यवसायीहरुले आन्दोलन गर्नुको प्रमुख कारण पछिल्लो समय आफुहरुले व्यापार(व्यवसाय गर्दै आएको पोखरा हङकङ बजारमा विगतमा जस्तो व्यापार नभएको अवस्थामा २० प्रतिशत भाँडा वृद्धिदर रहेको छ । तर गुडलक कम्पनीका निर्देशक मिलन प्रसाद तिवारीले हङकङ बजारको भाडा गुडकल कम्पनीले नभएर राज्यले बढाएको बताउनुभएको छ ।
तिवारीले व्यवसायीहरुलाई लक्षित गर्दै सुनको मूल्य भन्दा नुनको मुल्य महङ्गो हुन थालेको भन्दै पृथ्वीचोकमा व्यवसायी गर्ने व्यवसायीले भाडा तिर्दैनौं भन्नु गलत भएको बताउनुभयो ।
निर्देशक तिवारीले हङकङ बजारको भाडादर समय सान्दर्भिक भएकाले व्यवसायीहरुसँग नै बसेर नयाँभाडादर कायम गर्ने पनि जानकारी दिनुभयो ।
उहाँले आफ्नो कम्पनी गुडलकले नेपाल सरकारको खरिद ऐन, सूचनाको मर्म र प्रक्रियाका आधारमा तेस्रो चरणमा सम्झौता गर्न छनौट भै कृषि सामाग्री कम्पनीले सार्वजनिक गरेका सर्तहरु समेत मञ्जुर गरि नयाँ भाडादर लागू हुने सर्त अनुसार भाडा लिने र दिने सम्झौता भएको स्पष्ट पार्दै त्यसैले हङकङ बजारको भाडा गुडलक कम्पनीले नभएर सरकारले नै बढाएको दोहोर्याउनुभयो ।
यस्तै निर्देशक तिवारीले पोखराको हङकङ बजार आफुहरुको ब्राण्ड भएको र यसलाई सुरक्षित राख्नु राज्य पद्धप्त अधिकार उपयोग गर्न पाउनु आफुहरुको अधिकार भएको बताउनुभयो ।
उहाँले व्यवसायीक प्रतिस्पर्धा र स्वतन्त्रता, नागरिकको अधिकार र कानुनको पालना गर्नु आफुहरु सबैको कर्तव्य र दायित्व भएको भन्दै कानुन र विधि संगत आफुहरुको व्यवसायीक स्वतन्त्रता माथि प्रतिकुलता सृजना नगर्न सम्बन्धि सबै सरोकारवालाहरुसँग आव्हान पनि गर्नुभयो ।
कृषि सामग्री कम्पनीले सार्वजनिक गरेको बोलपत्रमा भाग लिएको विभिन्न कम्पनी मध्ये पहिलो र दोस्रो पक्षले टेण्डर प्रक्रियामा उपस्थित नभएपछि तेस्रो पक्ष गुडलक कम्पनीले उक्त जग्गा भाडामा लिएको हो ।
गुडलक कम्पनीले मासिक १५ लाख ५६ हजार ५ सय ५६ रुपैयाँ कृषि सामग्री कम्पनीलाई बुझाउने गरी जग्गा भाडामा लिएको हो ।