आइएसएमटी कलेज पोखरामा मानसिक चिन्ता व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा रहेको आइएसएमटी कलेजले मानसिक चिन्ता व्यवस्थापन सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न गरेको छ ।
अन्टोज्योति मनोवैज्ञानिक परीक्षण एवम् थेरापी केन्द्रको सहयोगमा आइएसएमटी कलेजले आयोजना गरेको कार्यक्रममा विद्यार्थी उमेरमा आउने विभिन्न समस्या र त्यसले दिने मानसिक तनावका बारेमा छलफल गरिएको हो ।

कार्यक्रमबाट कलेजका सम्पूर्ण विद्यार्थी लाभन्वित भएको अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी गराउनुभयो ।
उहाँका अनुसार विद्यार्थीको वर्तमान समस्या र समाधानका विषयलाई लिएर कार्यक्रम प्रभावकारी भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो समस्या लिखित रुपमा राखेका थिए ।

विद्यार्थीले राखेका समस्याको समाधानका विषयमा मनोवैज्ञानिक परामर्शकर्ता पूर्णशोभा महर्जनले सहजीकरण गर्नुभएको थियो । जसमा राधिका कँडेलको साथ थियो । उहाँहरुले मानसिक चिन्ताको समाधानका उपायका विभिन्न तरिका र साधनाका विषयमा चर्चा गर्नुभएको थियो ।
भविष्यलाई लिएर पछिल्लो समय विद्यार्थीमा मानसिक चिन्ता बढ्दै गएको छ । के गर्ने कसो गर्ने विषयमा सहजीकरणको अभाव हुँदा समस्या उत्पन्न भएको छ । जसलाई अनुसरण गर्दै आइएसएमटीले विद्यार्थीको मानसिक चिन्ता व्यवस्थापनका बारेमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । जसले विद्यार्थीलाई चिन्ताबाट मुक्त गराई सही निर्णय लिन सहयोग पुर्याएको छ ।
आइएसएमटी कलेजले बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त गरेको हो ।
यस कलेजमा हाल बिएएससी आइटी, बीबीए पढाइ भइरहेको छ । बीएचएम र एमबीए पनि शिघ्र संचालन गर्ने तयारीमा कलेज छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी प्रतिबद्ध छ ।

व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि आइएसएमटीमा विश्वास बढ्दै गएको पौडेल बताउँनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला