हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । अभिनेता तथा गायक हरिवंश आचार्यको नयाँ गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक भएको छ । आचार्यकै शब्द, संगीत र स्वरमा रहेको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

रमाइलो शैलीको गाइएको गीतमा हरिवंशलाई शान्तिश्री परियारले गायनमा साथ दिनुभएको छ । गीतको भिडियोमा हरिवंशसहित प्रियंका कार्की र सरोज वलीले अभिनय रहेको छ ।

‘एक केटा मादलु पड्का’ गीतको भिडियोमा गम्भीर विष्टको निर्देशन, नवराज उप्रेतीको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
हरिवंशले चितवनको एक नाचगान जमघटमा यो गीत फुरेको जानकारी दिदै रमाइलो मुडमा पनि भएको फुर्नेबित्तिकै हत्तपत्त गीतलाई मोबाइलमा रेकर्ड गरेर त्यसपछि काठमाडौं फर्किएर गीत तयार पारेंको बताउनुभयो ।

गीतको रचनाबारे हरिवंशले पछि सरोज वलीले कर गरेपछि गीत रेकर्ड गराएको बताउदैं यो गीतको छायांकन काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा गरिएको हो जनाउनुभयो ।

‘काउली’पछि हरिवंश र शान्तिश्रीबीच यो दोस्रो सांगीतिक सहकार्य हो ।
‘काउली’लाई अहिलेसम्म एक करोड ३२ लाख पटक हेरिएको छ । त्यतिबेला टिकटक लगायतका सामाजिक सञ्जालमा काउली गीत हिट भएको थियो । छोटो समयमै यसले उल्लेखनीय भ्युज प्राप्त गर्न सकेको थियो ।

आचार्य भदौपछि केही फिल्ममा व्यस्त हुने बताउदै अष्ट्रेलिया, बेलायत र नर्वेमा हुने कार्यक्रममा सहभागी हुने जनाउनुभयो ।
साथै, जर्मनीको एक फेस्टिभलमा आफू अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ले जितेको अवार्ड ग्रहण गर्न हरिवंश अगस्टको अन्त्यमा जर्मनी जाने तयारीमा हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला