विराटनगर विद्यालय नाटक महोत्सवमा साउन ३१ सम्म आवेदन दिन सकिने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । आरोहण गुरुकुल विराटनगरले विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा गरेको छ ।
गुरुकुलले घोषणा गर्दै आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने जानकारी दिंदै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो ।

विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ ।

आवेदन दिएकामध्ये नौवटा विद्यालय छनोट हुनेछन् ।
छनोटपछि ती विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ ।

पाठ्यक्रममा भएको वा शिक्षक वा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीहरुले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ ।
आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले नौ विद्यालय र आयोजकको एउटा गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रङ्गमञ्च तर्फ आकर्षित गर्ने उत्सव भएको बताउनुभयो ।

उक्त नाटक महोत्सवमा उत्कृष्ट नाटक र उत्कृष्ट कलाकारलाई अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला