पहिलो नेपाली एनिमेसन फिल्म सलीनाको टिजर सार्वजनिक (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टिजर सार्वजनिक भएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित फिल्मलाई मुलुकको पहिलो एनिमेटेड फिल्म भनिएको छ ।
धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई दुःख दिएको र त्यसलाई रोक्न सलीना नामक योद्धा राजकुमारी लडाइँमा उत्रिएको कथावस्तुमा फिल्म आधारित छ ।

टिजरले फिल्मको यही कथावस्तुलाई एनिमेसनको मद्दतबाट चित्रण गर्ने प्रयत्न गरेको छ ।
एक मिनेट १३ सेकेण्ड लामो टिजर एक्सन प्रधान लाग्छ ।
निर्देशक तेजशराज जोशीले महिला सशक्तीकरणको सन्देश दिने यो फिल्मलाई ६ वर्ष लगाएर रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले तयार पारेको बताउनुभयो ।

यसै वर्ष नेपाली सहित हिन्दी र अंग्रेजी भाषामा फिल्मलाई प्रदर्शन तयारी गरिएको निर्देशक जोशीले जानकारी दिनुभयो ।

शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रुपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् ।

फिल्मको निर्माता तेजशराज जोशी र श्रुति श्रेष्ठ हुन् ।

फिल्मको आधिकारिक प्रदर्शन दिनको लागि अपेक्षा भएको छ र दर्शकहरूलाई यस फिल्मको एनिमेसन जगतमा नयाँ अनुभव हुने छ । फिल्म प्रतिको सकारात्मक प्रतिक्रियाले नेपाली एनिमेसनको अभिवृद्धि गर्ने छ ।

यसैगरी, सलीनाको निर्माताले फिल्मलाई विभिन्न अन्तर्राष्ट्रिय एनिमेसन फेस्टिभमा प्रदर्शन गराउने योजना बनाएको जनाइएको छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला