क्यानद्धारा एसियाली खेलकुदका लागि क्रिकेट टिम घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, साउन १२ । नेपाल क्रिकेट संघ (क्यान)ले १९ औं एसियन गेम्सका लागि खेलाडीको नामावली घोषणा गरेको छ ।

जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् ।
टी–२० फम्र्याटमा हुने खेलका लागि विवेकले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन हुनुका साथै विनोद भण्डारी र अभिनाश बोहोराले पनि एकदिवसीय फम्र्याटका खेलमा टिम बाहिर थिए ।

हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदको टिममा छैनन् ।
क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद(राखेप)मा बुझाइसकेको छ ।

एसियनका लागि क्रिकेट टिममा रोहित पौडेल, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला