
काठमाडौं, १२ साउन । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार ( आज ) बिहानै ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनमा पुग्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गर्नुका साथै उहाँले पाटन संग्रहालय पनि अवलोकन गर्नुभयो ।
राष्ट्रपति पौडेल आज बिहान पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो ।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गर्नुभयो ।