महजोडीको काठमाडौं महानगरसँगको सहकार्यमा फिल्म ‘ऊ गरेर ऊ गरौं’ सार्वजनिक (भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । स्थानीय न्याय निरुपणको कथावस्तुमा काठमाडौं महानगरले निर्माण गरेको छोटो फिल्म ‘ऊ गरेर ऊ गरौं’ सार्वजनिक भएको छ ।
सोमबार बेलुका विश्वज्योति हलमा आयोजित समारोहमा महजोडीको शीर्ष भूमिका रहेको फिल्मको विशेष प्रदर्शन गरिएको थियो ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशन रहेको फिल्ममा स्थानीय तहमा परिवार र समाजसँग जोडिएका विवाद र तिनको समाधान रहेको छ ।
उक्त फिल्मलाई मेट्रो न्यूजको युट्युवबाट सार्वजनिक गरिएको छ ।

काठमाडौं महानगरकी उपप्रमुख तथा न्यायिक समिति संयोजक सुनिता डंगोलले स्थानीय न्यायिक निरुपणबारे जानकारी गराउन फिल्म बनाइएको बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले न्यायिक समितिबाट समाधान भएका विवाद समाधानले अदालतमा चाप कम भएको बताउनुभयो ।
उक्त अवसरमा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान दिने व्यक्ति र संस्थालाई सम्मान प्रदान गरिएको थियो ।

मेलमिलाप हुनसक्ने व्यक्ति वादी भएर दायर भएको, अन्य देवानी, २५ लाख रुपैयाँसम्म विगो भएको घर बहाल तथा घर बहाल सुविधा, १ बर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद न्यायिक समितिबाट समाधान गरिन्छ ।
नाबालक छोराछोरी र पति पत्नीलाई इज्जत आदर अनुसार खान बस्न तथा शिक्षा दिक्षा नदिएको, पाका व्यक्तिलाई खान लाउन नदिएको जस्ता विवाद धेरै देखिन्छन् ।

यी विवाद समाधान गर्ने विधि मेलमिलाप र निर्णय प्रक्रियालाई फिल्ममा समावेश गरिएको छ ।
फिल्ममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुसाल, प्रदिप बाँस्तोला, बिगिशा अधिकारी, नरेन्द्र कंसाकार, राजु भुजु, आर के मानन्धर, रवि डंगोल, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठ, राजन चौलागाई (खैराते), किरण तुलाधर, कैलाश रावल, प्रतिमा विष्ट, रेश्मा श्रेष्ठ, अर्जु कार्की लगाएत बाल कलाकारमा अनुभव भण्डारीको अभिनय रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला