भुवन चैत्य बसुन्धरा २०७८ र २०७९ सालको पुरस्कार घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । २०७८ र २०७९ सालका लागि भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा भएको छ । नेपाली फिल्मका तीन वरिष्ठ अभिनेत्रीहरुको नामबाट स्थापित यो पुरस्कारको घोषणा विज्ञप्तिमार्फत गरिएको हो ।

जसअनुसार २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने भएको छ ।

संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ ।
पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ छ ।
२०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान र्पुयाउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारलाई साउन तेस्रो साता आयोजना गरिने समारोहमा प्रदान गरिने भुवन चैत्य बसुन्धरा फाउण्डेसनका महासचिव तथा कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला